Kath Khabar
नेप्सेको उकालो यात्राले पायो, पुनः निरन्तरता

काठमाडौं,  जेठ १९ । नेप्सेको उकालो यात्राले पुनः निरन्तता पाएको छ । अघिल्लो दुई कार्य दिन उच्च अंकले घटेको नेप्से आज बुधबार भने एकैदिन ५५ दशमलव ७६ अंकले बढेर २८ सय २७ दशमलव १२ अंकमा कायम रहन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि सात दशमलव ८३ अंकले बढेर पाँच सय पाँच दशमलव १५ अंकमा कायम रहन पुगेको छ ।

नेप्सेमा आज कुल दुई सय १९ वटा कम्पनीहरुको एक लाख १४ हजार दुई सय १६ पटकको कारोवारमा दुई करोड २६ लाख १३ हजार २९ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कारोवार रकम ११ अर्ब ३५ करोड १८ लाख १५ हजार तीन सय ५६ रुपैयाँ पुुग्न सफल भएको छ । नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले घटेपनि वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, लघुवित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य र लगानी सहितका १२ वटा समुहको सुचक भने उच्च अंकले बढेका छन् ।  

कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज सानिमामाई हाईड्रो पावर कम्पनी, समृद्धि फाईनान्स, जानकी फाईनान्स आदिको शेयर मुल्य बढेका छन् भने राधी जलबिद्युुत कम्पनी, समिट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य भने घटेका छन् । यसैगरी कारोवार भएका कुल कम्पनीहरु मध्य आज नेपाल पुर्नबीमा कम्पनी, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, सानिमामाई हाईड्रो पावर कम्पनीको बढी रकम कारोवार भएका छन् ।  

 

प्रकाशित मिति: बुधबार, जेठ १९, २०७८  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update