Kath Khabar
नेप्सेमा २९ अंकको वृद्धि

काठमाडौं, जेठ २० । साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि नेप्से उच्च अंकले बढेको छ । नेप्से आज २९ दशमलव ५५ अंकले बढेर २८ सय ५६ दशमलव ६७ अंकमा कायम रहेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ९६ अंकले बढेर पाँच सय १३ दशमलव ११ अंकमा कायम हुन पुुगेको छ । नेप्सेमा दुुई सय १८ वटा कम्पनीहरुको एक लाख ५५ हजार छ सय ५५ पटकको कारोवारमा तीन करोड ४६ लाख ९१ हजार तीन सय १२ कित्ता शेयर खरिद बिक्री भएका छन् भने कुुल शेयर कारोवार रकम १६ अर्ब ९० करोड ७० लाख २० हजार दुई सय ८६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा नौ वटा समुहको सुचक बढेका छन् भने चार वटा समुहको सुचक घटेका छन् । जसअनुसार आज वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुुलक, लघुुवित्त, सामुहिक लगानी कोष र लगानी उपसमुहहरुको सुचक बढेका छन् भने जलबिद्युुत, निर्जिवन बीमा, ट्रेडिङ र अन्य समुहको सुचक घटेका छन् ।

कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज मञ्जुश्री फाईनान्स, पोखरा फाईनान्स, ग्रिन डेभलपमेन्ट बैंक, कर्णाली विकास बैंक आदिको शेयर मुल्य बढेका छन् भने बरुण हाईड्रो पावर कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, राधी जलबिद्युुत कम्पनी आदिको शेयर मुल्य घटेका छन् । यसैगरी आज शेयर कारोवार भएको रकमको आधारमा छिमेक लघुुवित्त वित्तीय संस्था, नेपाल पुर्नबीमा कम्पनी, लुुम्बिनी विकास बैंक आदि परेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update