Kath khabar
कपनस्थित फेमिलियर अर्गानिक फार्ममा माघी विशेष खाना महोत्सव शुरु

 

                             काठमाडौं, माघ २ ।  माघे संक्रान्ति तथा जैविक विविधता दिवसको अवसरमा काठमाडौंको कपनस्थित वल्र्डमार्ट युनिक सोलुसन प्रा.लि. द्धारा सञ्चालित मौलिक बजार तथा मौलिक भान्छाघरले साप्ताहिक रुपमा खाना महोत्सवको आयोजना शुरु गरेको छ ।

आइतबार बुढानिलकण्ठ नगरपालिका प्रमुख (मेयर) मिठाराम अधिकारीले सो महोत्सवको उदघाटन गरेका छन् । माघी विशेष खाना महोत्सव उद्घाटन गर्दे मेयर अधिकारीले आफ्नो नगरपालिका भित्र यो महोत्सव शुरु हुनु गर्वको विषय भएको बताए । “हाम्रा चाडपर्वमा खाइने मौलिक खानाहरु स्वादप्रद्र्धकको साथै स्वास्थ्यको लागि पनि उतिकै महत्व भएकाले यस्तो खाना मौलिक भान्छाको (रेष्टुरेन्ट) मेनुमा राखिनु निकै सकरात्मक काम हो,” उनले भने । 

रैथाने तथा मौलिक खानाले स्वाद र स्वाथ्यका साथै स्थानीय उत्पादनको समेत प्रवद्र्धन हुने भएकोले यस्तो व्यवसयालाई नगरपालिकाले उच्च प्राथमिकता राख्ने पनि बताए । साथै कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका वडा १० का अध्यक्ष नवराज भट्टराई, १२ का अध्यक्ष शम्भु भट्टराई लगायतको पनि उपस्थित रहेको थियो । 

बसे पनि शहर, गाउँ कै खाने रहर, स्वादका लागि हैन स्वास्थयका लागि खाऔं मुल नाराका साथ सुरु भएको महोत्सव आगामी ७ गतेसम्म सञ्चालन गरिने आयोजक सुमन दाहालले जानकारी दिए । महोत्सवको पहिलो दिनमा नै उत्साहजनक उपस्थित भएको बताउँदै दाहालले यस अवधिमा ५०० जनाले अवलोकन गराउने लक्ष्य रहेको बताए ।

मौलिक र रैथाने खानामा स्वास्थ्यमा ख्याल राख्ने आम मानिसको विशेष चासो बढ्दै गएकोले यो कार्यक्रम सञ्चालन गरेपछि आफु उत्साहित भएको उनको भनाई छ ।  सात दिन चल्ने कार्यक्रममा विभिन्न स्वदेशी र रैथाने खानाको परिकारको स्टल राखिने भएको छ भने एक सेट खाना निशुल्क चखाउने व्यवस्था गरिएको छ । 

मौलिक चाडपर्व र यसमा खाइने विशेष परिकारकोे महत्व बुझाउने उद्देश्यले जैविक विबिधता दिवस को अवसरमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, कृषि ज्ञान केन्द्र ललितपुर, राष्ट्रिय युवा परिषद, बुढानिलकण्ठ नगरपालिका र लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा मौलिक भान्छाघरले कार्यक्रम गर्न लागेको हो । 
माघ १ देखि ७ दिनसम्म चल्ने मेलामा माघ संक्रान्ति विशेष तिलको लड्डु, चाकु, घ्यु, तरुल, खिचडी, मासको बारा, फापरको फुरौला, मार्सी चामलको कसार, सख्खरखड्डा, पिडालु र फर्सीका परिकारहरु खान पाइने व्यवस्था गरिएको छ । माघे संक्रािन्तसँग सम्बन्धित परिकारसँगै ७ दिनसम्म सात प्रदेशका परिकारहरु अवलोकन तथा खाने व्यवस्था गरिएको छ । आयोजक  दाहाल भन्नुहुन्छ, ”हामीले यसै पनि यहाँ ७५३ पालिकाका खाद्य वस्तु तथा प्रांगारिक उत्पादन प्रवद्र्धन गर्दै आइरहेका छौं । हामी कहाँ सातै प्रदेशका परिकार खान र लान पाइने व्यवस्था छ । जैविक विविधता दिवसको समेत अवसर पारेर हामी आयोजक तथा सहआयोजकले मौलिक खाना प्रवद्र्धनको लागि यो कार्यक्रम आयोजना गरिएको हो ।”

मौलिक भान्साघरले माघीका परिकारसँगै प्रदेश १ मा पाइने किनेमा र झ्याउन (राई, लिम्बुको विशेष खाना), मधेश प्रदेशको विशेष खाना भक्का, बागमती प्रदेशमा प्रचलित योमरी (नेवार जातीको विशेष खाना), गण्डकी प्रदेशमा चर्चित खिर र सेल रोटी, लुम्बिनी प्रदेशमा पाइने खिचडी र ढिकृ, कर्णालीको मार्सी खाना सेट र सुदूर पश्चिमको माडा समेतको व्यवस्था रहेको छ । 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update