Kath Khabar
नेप्से परिसुचक हालसम्म कै उच्च बिन्दुुमा

काठमाडौं, जेठ २३ । नेप्से बढेर हालसम्म कै उच्च अंकमा पुुगेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से ५० दशमलव १३ अंकले बढेर २९ सय छ दशमलव ८९ अंकमा पुुग्दा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८८ अंंकले बढेर पाँच सय २० दशमलव ९९ अंकमा पुुगेको छ । आज कुुल दुई सय १८ वटा कम्पनीहरुको शेयर किनबेच भएकाछन् । जसबाट आज एक लाख ७१ हजार ६० पटकको कारोवारमा तीन करोड ७४ लाख ५५ हजार एक सय ८९ कित्ता शेयर किनबेच भएकाछन् भने कुुल कारोवार रकम १७ अर्ब २७ करोड १७ लाख ८७ हजार पाँच सय २५ रुपैयाँ पुुगेको छ ।

कारोवार भएका कुुल समुह मध्ये वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, लघुुवित्त, अन्य, सामुुहिक लगानी कोष र लगानी उपसमुहहरुको सुचक बढेकाछन् जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन र उत्पादनमुलक समुहहरुको सुचक पनि घटेकाछन् ।

कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज महिला लघुुवित्त वित्तीय संस्था, लुम्बिनी विकास बैंक, रिडी हाईड्रो पावर कम्पनी, नेपाल बंगलादेश बैंक आदिको शेयर मुल्य भने बढेकाछन् भने राधी जलबिद्युुत कम्पनी, पाँचथर पावर कम्पनी, युनाईटेड इदी मर्दी हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी कारोवार भएको रकमका आधारमा भने आज नेपाल पुर्नबीमा कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, लुम्बिनी विकास बैंक, कुमारी बैंक आदि परेकाछन् ।  

 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update