Kath Khabar
महाशिवरात्रि पर्वको लागि यस्तो छ ट्राफिक व्यवस्थापन


                काठमाडौं, फागुन ५ । महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्रमा आज रातीदेखि नै दर्शनार्थीहरूको  भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी साधनलाई  डाईभर्सन गरिने भएको छ ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिने भएको हो ।

त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तिनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगल पुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ । गौशाला क्षेत्रमा शनिबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भुमिका निर्वाह गर्न चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गर्नुभयो ।

सवारीमार्ग निर्धारण
बस तथा माईक्रो बसहरूः-

  • रत्नपार्क, भद्रकाली, सिंहदरबार, माईतीघर, नयाँबानेश्वर, तिनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुँदै रत्नपार्क फिर्ता हुने ।
  • रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानी विभाग, लाजिम्पाट,  नारायणगोपाल चोक, चावहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुदैँ जमलसम्म तत्पश्चात महेन्द्रशालिक तिनधारा पाठशाला हुँदै रत्नपार्क फिर्ता हुने ।
  • कालोपुल हुँदै कपन चल्ने सवारी साधनहरू खानीविभाग, लाजिम्पाट हुँदै महाराजगंजको बाटो चलाउने ।

माइक्रोबस तथा टेम्पोहरूः-

  • सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चावहिल हुँदै बौद्ध तर्फचल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्रशालिक, कृष्ण पाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चावहिल गणेशस्थान, चावहिल हुँदै जोरपाटी मार्ग हुँदै चलाउने ।
  • जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चावहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुदै सुन्धारा चलाउने ।

मालवाहक सवारी साधनहरूः-

  • जोरपाटी, बौद्ध, चावहिल हुँदै महाराजगंजतर्फ जाने मालवाहक सवारी साधनहरु चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुँदै सुकेधारा, महाराजगंज तर्फ जानुपर्ने ।
  • कोटेश्वर, तिनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगंज र बौद्ध जाने मालवाहक सवारी साधनहरू गोपीकृष्ण हल, कपन, महाँकाल, चुच्चेपाटी हुँदै बौद्धतर्फ जाने ।
  • कोटेश्वर तिनकुने हुँदै पशुपती वरपर पुग्नुपर्ने मालवाहक सवारी साधनहरू तीनकुनेसम्म जान  सक्नेछन् ।
  • महाराजगंज, चावहिल हुँदै पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू बसुन्धारासम्म पुग्न सक्ने कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल  हुँदै बौद्ध जोरपाटीसम्म पुग्नसक्ने ।

पार्किङ्ग व्यवस्थापन :
१. तीलगंगा आंखा अस्पताल अगाडी - तीर्थयात्री, दर्शनार्थी र पर्यटक (विदेशी) हरूका सवारीसाधनहरु ।
२. देवउद्यानस्थित कोषको कार्यालय र भण्डारखाल - पास वाहक सरकारी र प्रहरीका सवारीका साधनहरु मात्र ।
३. सिफल चौर - पासवाला सवारी साधन र स्थानीय दर्शनार्थीका सवारीसाधनहरू ।
४. गुह्येश्वरी पारी - गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण बौद्धतर्फबाट आउने तीर्थंयात्रीहरूका सवारी साधनहरू।
५. वनकाली क्षेत्र - महाशिवरात्रिको अवसरमा शिविर संचालन गर्ने संघ संस्थाहरुको सवारी साधन, दमकल, एम्बुलेन्स र खानेपानीका ट्याङ्करहरु ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update