
काठमाडौं, जेठ २४ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार भने घटेको छ । नेप्से आज शुन्य दशमलव २१ अंकले घटेर २९ सय छ दशमलव ७० अंकमा झर्दा सेन्सिटिभ पनि शुन्य दशमलव ३८ अंकले घटेर पाँच सय २० दशमलव ६३ अंकमा झरेको छ । आज दुुई सय २१ वटा कम्पनीहरुको एक लाख ५१ हजार नौ सय ४२ पटकको शेयर कारोवारमा तीन करोड ५४ लाख ७४ हजार चार सय १४ कित्ता शेयर किनबेच भएका छन् । यसबाट आज कुुल कारोवार रकम १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६३ रुपैयाँ पुगेको छ ।
कारोवार भएको कुुल समुहहरु मध्ये वाणिज्य बैंक, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र लगानी समुहकहरुको सुचक घटेका छन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा र सामुुहिक लगानी कोष समुहरुको सुचक भने बढेका छन् ।
नेप्सेमा आज कारोवार भएको कुुल कम्पनीहरु मध्ये पोखरा फाईनान्स, आईसीएफसी फाईनान्स, सेन्ट्रल फाईनान्स आदिको शेयर मुल्य बढेका छन् भने युनाईटेड इदीमर्दी हाईड्रो पावर कम्पनी, लक्ष्मी बैंक, सेञ्चुुरी कर्मसियल बैंक, सनराईज बैंक आदिको शेयर मुल्य घटेका छन् । यसैगरी कारोवार भएको रकममा आधारमा भने आज नेपाल पुर्नबीमा कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदि अगाडि परेका छन् ।