Kath Khabar
दुुई सय १८ वटा कम्पनीहरुको १६ अर्ब ९५ करोडको शेयर किनबेच

काठमाडौं, जेठ २५ । नेप्सेले आज मंगलबार हालसम्म कै उच्च रेर्कड बनाएको छ । नेप्से आज ५३ दशमलव ४४ अंकले बढेर २९ सय ६० दशमलव १४ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ४७ अंकले बढेर पाँच सय २८ दशमलव १० अंकमा पुुगेको छ । आज दुुई सय १८ वटा कम्पनीहरुको एक लाख ४९ हजार सात सय आठ पटक शेयर किनबेच भएका छन् । जसबाट तीन करोड ५७ लाख तीन सय ७४ कित्ता शेयर किनबेच भएका छन् कुुल कारोवार रकम १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार ४० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा होटल तथा पर्यटन, लघुुवित्त र लगानी समुहको सुचक घटेका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, जलबिद्युुत, ट्रेडिङ, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष, निर्जिवन बीमा र जीवन बीमा सहितका ११ वटा समुहहरुको सुचक बढेका छन् ।

यसैगरी आज कारोवार भएका कुुल कम्पनीहरु मध्ये मुक्तिनाथ विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनी आदिको शेयर मुल्य बढेका छन् भने मेरो माईक्रो फाईनान्स लघुुवित्त वित्तीय संस्था, बिशाल बजार कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य घटेका छन् । कारोवार भएको रकम तर्फ भने आज नेपाल पुर्नबीमा कम्पनी, रिडी हाईड्रो पावर कम्पनी, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक आदि परेका छन् ।  

 

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update