Kath Khabar
नेप्से सुचक तथा कारोवार रकम दुबैमा गिरावट

काठमाडौं, जेठ २६ । नेप्से सुचक तथा कारोवार रकम दुबैमा गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सुचक आज बुधबार १३ दशमलव ५६ अंकले घटेर २९ सय ४६ दशमलव ५८ अंकमा सिमित हुन पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८३ अंकले घटेर पाँच सय २५ दशमलव २८ अंकमा सिमित हुुन पुुगेको छ । नेप्सेमा आज दुई सय २१ वटा कम्पनीहरुको एक लाख ५५ हजार दुई सय ३९ पटकको कारोवारमा तीन करोड १३ लाख ५४ हजार २२ कित्ता शेयर किनबेच भएका छन् भने शेयर कारोवार रकम १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार सात सय तीन रुपैयाँ पुगेको छ ।

नेप्सेमा १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैैंक, विकास बैंक, जलबिद्युुत, लघुवित्त, होटल तथा पर्यटन, अन्य र लगानी सहितका सात वटा समुहको सुचक घटेका छन् भने ट्रेडिङ, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुलक र सामुुहिक लगानी कोष समुहको सुचक बढेका छन् ।

कारोवार भएका कुल कम्पनीहरु मध्ये आज अरुण भ्याली हाईड्रो पावर कम्पनी, रिडी हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य बढेका छन् भने गरिमा विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक आदिको शेयर मुल्य घटेका छन् । रकम कारोवारका आधारमा भने आज अरुण भ्याली हाईड्रो पावर कम्पनी, नेपाल पुर्नबीमा कम्पनी आदिको बढी रकम कारोवार भएका छन् ।

 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update