
काठमाडौ, जेठ २७ । नेप्से घटेको छ । आज बिहिबार नेप्से एक दशमलव आठ अंकले घटेर २९ सय ४४ दशमलव ७८ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स भने दुई दशमलव ५९ अंकले बढेर पाँच सय २७ दशमलव ८७ अंकमा चढेको छ । आज दुई सय २० वटा कम्पनीहरुको एक लाख ५५ हजार छ सय ९० पटकको कारोवारमा तीन करोड छ लाख छ हजार छ सय ४४ कित्ता शेयर खरिद बिक्री भएका छन् भने कुुल कारोवार रकम १६ अर्ब १० करोड चार लाख १२ हजार चार सय ३६ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, निर्जिवन बीमा, उत्पादनमुलक, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन र अन्य सहितका सात वटा समुहको सुचक घटेका छन् भने विकास बैंक, जलबिद्युुत, फाईनान्स, लघुवित्त, उत्पादनमुलक र लगानी सहितका छ वटा समुहको सुचक बढेका छन् ।
कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज पाँचथर पावर कम्पनी, शिवश्री हाईड्रो पावर कम्पनी, रिडी हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य बढेका छन् भने बोटर्लस नेपाल तराई लिमिटेड, रुरु हाईड्रो पावर कम्पनी, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी आदिको शेयर मुल्य घटेका छन् । यसैगरी आज रकम कारोवारतर्फ भने हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनी, नेपाल पुर्नबीमा कम्पनी, लुम्बिनी विकास बैक लगायतका कम्पनीहरु अगाडि परेका छन् ।