Kath Khabar
नेप्से सुचक तथा कारोबार रकम दुबैमा उच्च बृद्धि

काठमाडौ, जेठ ३०।नेप्से सुचक तथा कारोबार रकम दुुबै नै उच्च अंकले बढेकाछन् । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ३८ दशमलव ३२ अंकले बढेर २९ सय ८३ दशमलव १० अंकमा कायम रहेकोमा सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव ५४ अंकले बढेर पाँच सय ३९ दशमलव ४१ अंकमा पुुगेको छ । 

नेप्से आज दुुई सय २० ओटा कम्पनीहरुको एक लाख ८२ हजार चार सय ३० ओटा कारोबारमा तीन करोड ७० लाख ७६ हजारा चार सय ३९ कित्ता शेयर किनबेच भएको छ । जसबाट आज कुुल कारोबार रकम १९ अर्ब ५५ करोड एक लाख ६६ हजार छ सय ३६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ ओटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, विकास बैंक, जलबिद्युुत, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक र लगानी सहितका सात ओटा समुहको सचक बढेकाछन् भने निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, अन्य, लघुुवित्त र सामुुहिक लगानी कोष सहितका छ ओटा समुहको सूचक घटेकाछन् । 

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज कमाउने कम्पनीहरुको सूचीमा श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स, आईसीएफसी फाईनान्स, कर्णाली डेभलपमेन्ट बैंक आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरुको सूचीमा भने नेपाल इन्स्योरेन्स कम्पनी, ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था आदिले गुमाएकाछन् । 

कारोबार भएका कुुल कम्पनीहरु मध्ये आज अरुण भ्याली हाईड्रो पावर कम्पनी, लुम्बिनी विकास बैंक, नेशनल हाईड्रो पावर कम्पनी, नेपाल पुर्नबीमा कम्पनी, ज्योति विकास बैंक आदिको पनि बढी रकम कारोबार भएकाछन् । 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update