Kath Khabar
नेप्सेले बनायो हालसम्मकै ऐतिहासिक रेर्कड

काठमाडौं, जेठ ३१ । नेप्सेले हालसम्मकै ऐतिहासिक रेर्कड बनाएको छ । आज सोमबार नेप्से ४२ दशमलव ७२ अंकले बढेर तीन हजार २५ दशमलव ८३ अंकमा पुुग्न सफल भएको छ भने सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ६० अंकले बढेर पाँच सय ५० दशमलव दुई अंकमा पुगेको छ ।

१३ वटा समुह अन्तर्गत आज दुुई सय २१ वटा कम्पनीहरुको शेयर कारोवारमा एक लाख ७५ हजार चार सय ११ पटकको कारोवारमा तीन करोड ५० लाख २७ हजार तीन सय ६३ कित्ता शेयर खरिद बिक्री भएका छन् भने कारोवार रकम १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार पाँच सय १८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, जलबिद्युुत, लघुुवित्त, सामुुहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका छ वटा समुहको सुचक घटेका छन् भने जीवन बीमा, निर्जिवन बीमा, फाईनान्स, होटल तथा पर्यटन, लगानी र उत्पादनमुलक सहितका सात वटा समुहको सुचक बढेका छन् ।

कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज खानीखोला हाईड्रो पावर कम्पनी, घलेम्दी हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य बढेका छन् भने बरुण हाईड्रो पावर कम्पनी, रिडी हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य घटेका छन् । यसैगरी आज नेशनल हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्रा.ली आदिको बढी रकम कारोवार भएका छन् ।

 

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update