Kath Khabar
धितोपत्र बोर्डको बिज्ञप्ती पश्चात नेप्सेमा करेक्सन

काठमाडौं, असार २ । नेपाल धितोपत्र बोर्डले मंगलबार शेयर खरिद बिक्रीमा सुझबुझ प्रयोग गर्न आग्रह गरेसंगै यसको प्रभाव आज बुुधबारको शेयर बजारमा देखिएको छ । जसअनुसार आज नेप्से ५२ दशमलव ४१ अंकले घटेर दुुई हजार नौ सय ६९ दशमलव ६९ अंकमा झरेको छ भने सेन्सिटिभ पनि आठ दशमलव ५६ अंकले घटेर पाँच सय ४१ दशमलव ७० अंकमा झरेको छ । आज दुुई सय १९ वटा कम्पनीहरुको एक लाख ६७ हजार नौ सय ३८ पटकको कारोवारमा दुई करोड ८२ लाख ८९ हजार एक सय २८ कित्ता शेयर किनबेच भएका छन् भने कुुल कारोवार रकम १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार तीन सय १९ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएका छन् । जसमध्ये लघुवित्त समुहको सुचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी सहितका १२ वटा समुहको सुचक घटेका छन् ।

यसैगरी कारोवार भएका कुुल कम्पनीहरु मध्ये सिईडिबी हाईड्रो पावर डेभलपमेन्ट कम्पनी, फस्ट माईक्रो फाईनान्स लघुुवित्त वित्तीय संस्था, सामुुदायिक लघुुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य बढेका छन् भने जोशी हाईड्रो पावर कम्पनी, नेपाल फाईनान्स, बेष्ट फाईनान्स फाईनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी आदिको शेयर मुल्य घटेका छन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी, हिमालयन डिष्ट्रिलरी प्रा.ली, नेशनल हाईड्रो पावर डेभलपमेन्ट कम्पनी आदिको बढी रकम कारोवार भएका छन् ।  

 

प्रकाशित मिति: बुधबार, असार २, २०७८  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update