Kath Khabar
साताको अन्तिम कारोबार दिन पनि घट्यो नेप्से

काठमाडौं, असार ३ । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से घटेको छ । नेप्से आज एक दशमलव २९ अंकले घटेर दुई हजार नौ सय ६८ दशमलव ४३ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव ५८ अंकले घटेर पाँच सय ४१ दशमलव १२ अंकमा पुुगेको छ ।

नेप्सेमा आज दुुई सय २३ ओटा कम्पनीहरुको एक लाख २४ हजार पाँच सय ६१ पटकको कारोवारमा दुई करोड तीन लाख ६५ हजार छ सय ९९ कित्ता शेयर किनबेच भएकाछन् भने कुुल शेयर कारोबार रकम १० अर्ब ९० करोड ४९ लाख ५८ हजार नौ सय ३५ रुपैयाँ पुुगेको छ । 
नेप्सेमा आज १३ ओटा समुहको कारोबार भएकोमा वाणिज्य बैंक, जलबिद्युुत, ट्रेडिङ, लघुुवित्त, उत्पादनमुलक, सामुुहिक लगानी कोष र लगानी सहितका सात ओटा समुहको सुचक घटेकाछन् भने विकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पयर्टन, फाईनान्स र अन्य सहितका छ ओटा  समुहको सुचक बढेकाछन् । 

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज खानीखोला हाईड्रो पावर कम्पनी, नेपाल फाईनान्स आदिको शेयर मूल्य बढेकाछन् भने सिईडिबी हाईड्रो पावर डेभलपमेन्ट कम्पनी, इन्फिनिटी लघुुवित्त वित्तीय संस्था, माउन्टेन इर्नर्जी नेपाल लिमिटेड आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी आज कारोबार भएका कुुल कम्पनीहरु मध्ये नेपाल पुर्नबीमा कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी आदिको बढी रकम कारोबार भएकाछन् ।  
 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update