Kath khabar
वस्तु तथा सेवा निर्यात घट्यो, ११ महिनामा एक खर्ब ४३ अर्ब रुपैयाँको सामान निर्यात

 

                   काठमाडौं, असार २५ । कुल वस्तु तथा सेवा निर्यात घटेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी चालु आर्थिक वर्षको ११ महिनाको प्रतिवदेन अनुसार वस्तु निर्यात २२ दशमलव सात प्रतिशतले कमी आई एक खर्ब ४३ अर्ब ५९ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३ दशमलव तीन प्रतिशतले वृद्धि भएको थियो । राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३२ दशमलव दुई प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः एक सय छ दशमलव सात प्रतिशत र नौ दशमलव नौ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैँचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ । ढ। आर्थिक वर्ष २०७९–०८० को ११ महिनामा कुल वस्तु आयात १६ प्रतिशतले कमी आई १४ खर्ब ८० अर्ब ९८ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७ दशमलव पाँच प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४ दशमलब आठ प्रतिशत, १७ दशमलव एक प्रतिशत र १८ दशमलब पाँच प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, कागज, अन्य स्टेसनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, औषधी, कच्चा भटमासको तेल, अन्य मेसिनरी तथा पार्टसलगायतका वस्तुको आयात घटेको छ ।

राष्ट्र बैंकका अनुसार निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०७९–०८० को ११ महिनामा कुल वस्तु व्यापार घाटा १५ दशमलव दुई प्रतिशतले कमी आई १३ खर्ब ३७ अर्ब ३९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौ दशमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव शुन्य पाँच प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्‌र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ३८ अर्ब ४७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात दुई खर्ब ८८ करोड बराबरको भएको थियो । समीक्षा अवधिमा खुद सेवा आय ६७ अर्ब ६८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ९९ अर्ब ५० करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९४ दशमलव तीन प्रतिशतले वृद्धि भई ५८ अर्ब छ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २९ अर्ब ८८ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३७ दशमलव नौं प्रतिशतले वृद्धि भई एक खर्ब १९ अर्ब ९९ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ८९ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ८७ अर्ब तीन करोड रहेकोमा शिक्षातर्फको व्यय ५९ अर्ब ९९ करोड रहेको प्रतिवेदनमा उल्लेख छ । व्यय ८९ अर्ब १८ करोड रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ८७ अर्ब तीन करोड रहेकोमा शिक्षातर्फको व्यय ५९ अर्ब ९९ करोड रहेको प्रतिवेदनमा उल्लेख छ । व्यय ८९ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ८७ अर्ब तीन करोड रहेकोमा शिक्षातर्फको व्यय ५९ अर्ब ९९ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update