Kath khabar
गरिमा विकास बैंकद्वारा गरिमा सरल घर कर्जा र एसएमई आवधिक कर्जा सार्वजनिक


                काठमाडौं, भदौ १ । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्य सहित ११ दशमलव ९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ ।

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको दुई कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज सात वर्षसम्म निश्चित ११ दशमलव ९९ प्रतिशत रहने छ ।

बैंकका अनुसार ११ दशमलव ९९ प्रतिशतको निश्चित तथा आर्कषक ब्याजदरमा घर खरिद वा निर्माण गर्नको लागि गरिमा सरल घर कर्जा र व्यवसाय/उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन इच्छुक ग्राहकहरुले आफूलाई पायक पर्ने यस विकास बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने छन् ।

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२१ शाखा कार्यलय, ५० एटीएम र डिजिटल बैंकिङ्ग मार्फत ग्राहक महानुभावहरुलाई अत्याधुनिक र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update