
काठमाडौं, असार ७ । नेप्से एकै दिन ७१ अंकले घटेको छ । सुरुवाती कारोवार दिन देखि नै उच्च अंकले घट्न थालेको नेप्से साताको दोस्रो कारोवार दिन आज सोमबार पनि ७१ दशमलव छ अंकले घटेर २८ सय ३४ दशमलव ४० अंकमा सिमित हुुन पुुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३७ अंकले घटेर पाँच सय २० दशमलव १८ अंकमा सिमित हुुन पुुगेको छ ।
नेप्सेमा आज दुुई सय २७ वटा कम्पनीहरुको एक लाख २७ हजार आठ सय ३७ पटकको कारोवारमा दुुई करोड २५ लाख २२ हजार चार सय ९१ कित्ता शेयर किनबेच हुंदा कुुल कारोवार रकम ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार छ सय ७४ रुपैयाँ पुुगेको छ । नेप्सेमा आज सबै गरी कुुल १३ वटा समुहको कारोवार भएकोमा ति सबै समुहको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा समुहको सुचक आज उच्च अंकले घटेका छन् ।
कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज नारायणी डेभलपमेन्ट बैंक, कुमारी बैंकको संस्थापक शेयर आदिको मुल्य बढेका छन् भने पोखरा फाईनान्स, जोशी हाईड्रो पावर कम्पनी, खानीखोला हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य घटेका छन् । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्रा. लि., नागरिक लगानी कोष आदि परेका छन् ।