
काठमाडौं, असार ८ । शेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन उच्च अंकले शेयर बजार परिसुचक (नेप्से) आज मंगलबार भने उच्च अंकले बढेको छ । नेप्से आज ७९ दशमलव ४४ अंकले बढेर २९ सय १३ दशमलव ८४ अंकमा कायम हुन पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव १९ अंकले बढेर पाँच सय ३६ दशमलव ३४ अंकमा कायम हुुन पुुगेको छ ।
नेप्सेमा आज दुुई सय २५ ओटा कम्पनीहरुको एक लाख १२ हजार ५० पटक शेयर किनबेच भएकाछन् । जसबाट एक करोड ९७ लाख ७० हजार छ सय ३८ कित्ता शेयर किनबेच भएकाछन् भने कुुल शेयर कारोवार रकम १० अर्ब २८ करोड ६२ लाख ६९ हजार रुपैयाँ पुगेको छ । आज भएको कुुल कारोवार रकममा नेपाल पुर्नबीमा कम्पनीको मात्र प्रतिकित्ता १७ सय ७८ रुपैयाँ अन्तिम मूल्यमा एक अर्ब ४९ करोड ३२ लाख ५३ हजार सात सय १२ रुपैयाँको शेयर किनबेच भएको छ । उक्त कम्पनीले गत आज मंगलबार बोनस र नगद समेत गरी २० प्रतिशत लाभांश बितरण गर्ने निर्णय सार्वजनिक गरेसंगै उक्त कम्पनीको शेयर कारोबार रकम बढेको हो ।
कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज ङादी ग्रुप पावर कम्पनी, जोशी हाईड्रो पावर कम्पनी, घलेम्दी हाईड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेकाछन भने एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, गोर्खाज फाईनान्स आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी, हाईड्रो इलक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी आदि परेकाछन् ।