
काठमाडौं, असार ९ । साताको चौथो कारोवार दिन आज बुुधबार नेप्से सुचक तथा कारोवार दुबै नै घटेका छन् । नेप्से आज ५१ दशमलव ६५ अंकले घटेर २८ सय ६२ दशमलव १८ अंकमा सिमित हुुंदा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ३७ अंकले घटेर पाँच सय २८ दशमलव ९७ अंकमा सिमित हुुन पुुगेको छ ।
यसैगरी नेप्सेमा आज दुुई सय १८ वटा कम्पनीहरुको ९१ हजार ७५ पटकको कारोवारमा एक करोड ९४ लाख १७ हजार पाँच सय ३२ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुुल कारोवार रकम आठ अर्ब ३६ करोड २६ लाख ७१ हजार छ सय ८१ रुपैयाँ हुुन पुुगेको छ ।
नेप्सेमा आज वाणिज्य बैंक, विकास बैंक, जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक घट्दा नेप्से पुरै रातो देखिएको छ ।
कारोवार भएका कुुल कम्पनीहरु मध्ये भने आज राधी जलबिद्युुत कम्पनी, छ्याङदी हाईड्रो पावर कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य बढेको छ भने लिर्वर्टी इर्नर्जी हाईड्रो पावर कम्पनी, गोर्खाज फाईनान्स, मिथिला लघुुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य घटेका छन् ।
यसैगरी कारोवार भएको कम्पनीहरुका रकमको आधारमा भने आज नेपाल पुर्नबीमा कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी, राधी जलबिद्युुत कम्पनी आदि परेका छन् ।