Kath Khabar
१६ अंकले घट्यो नेप्से

काठमाडौं, असार १० । आज बिहिबार पनि नेप्से घटेको छ । नेप्से आज १९ दशमलव ९६ अंकले घटेर २८ सय ४३ अंकमा पुगेर रोकिंदा सेन्सिटिभ पनि तीन दशमलव १७ अंकले घटेर पाँच सय २५ दशमलव ६४ अंकमा पुुगेर रोकिएको छ । आज दुई सय १९ वटा कम्पनीहरुको ७८ हजार नौ सय ८३ पटकको कारोवारमा एक करोड ४२ लाख १० हजार तीन सय ६९ कित्ता शेयर किनबेच हुँदा कारोवार रकम सात अर्ब तीन करोड ३६ लाख तीन हजार सात सय ४० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुँदा होटल तथा पर्यटन र जलबिद्युत समुहको सुचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, लघुुवित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहका सुचक घटेका छन् ।

कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज अपर तामाकोशी हाईड्रो पावर कम्पनी, ओरन्टल होटल समुह, नेपाल हाईड्रो डेभलपर कम्पनी आदिको शेयर मुल्य बढेका छन् भने छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर, नेपाल इन्फ्रास्ट्रक्चर लिमिटेड, प्रोग्रेसिभ फाईनान्स, बरुण हाईड्रो पावर लिमिटेड आदिको शेयर मुल्य घटेका छन् । रकम कारोवारका आधारमा भने आज नेपाल पुर्नबीमा कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, अपर तामाकोशी हाईड्रो पावर कम्पनी लिमिटेड आदि परेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update