Kath khabar
एनआरएनए बैठकमै भूकम्प पीडितको लागि उठ्यो १ करोड बढी सहयोग


                       काठमाडौं, कात्तिक २० । गैरआवासीय नेपाली संघ (एनआरएनए)को बैठकमै भूकम्प पीडितको लागि एक करोडभन्दा बढी सहयोग जुटेको छ । सबैभन्दा बढी पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेले ५० लाख सहयोग घोषणा गरेका छन् ।

डा. घले प्रमुख अतिथि र कुँवरको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको बैठकमा संघका अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष विनोद कुँवरले १० लाख सहयोग घोषणा गरेका छन् भने विश्वका विभिन्न देशमा रहेका ३६ जना तथा एनसीसीले सहयोग घोषणा गरेका छन् । आइसीसी, एनसीसी र सल्लाहकारहको संयुक्त बैठकले संघले संरक्षक डा. घलेको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा तत्कालीन र दीर्घकालीन परियोजना संचालन गर्ने निर्णय गरेको छ । आपतकालीन अवस्थामा सहयोग गर्न ‘ग्लोबल एनआरएनए फाउण्डेसन’ को खातामा रकम जम्मा गर्न सबै गैरआवासीय नेपालीलाई सहयोगको लागि आह्वान गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकले संघको प्रभु बैंक टंगाल शाखामा रहेको ग्लोबल एनआरएनए फाउण्डेसनको खाता नं. १३६०१५३३०६५०००१४ मा सहयोग रकम जम्मा गर्न आग्रह समेत गरेको छ ।  बैठकले संघको ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी मार्च १६ र १७ मा काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ । यसअघि मार्च २ र ३ मा गर्ने भनिएको महाधिवेशन भूकम्प पीडितको लागि राहत संकलनमा जुट्नु पर्ने भएका कारण केही दिन पछि सारिएको हो ।

पहिलो चरणमा सहयोग गर्नेहरुः
१.एमआईटी फाउण्डेसन (शेष घले) : ५० लाख
२.अध्यक्ष बिनोद कुँवर १० लाख १ हजार एक सय
३. बिआर लामा एक लाख
४. भोमा लिम्बु १ लाख
५. उमेश पुडासैनी ५० हजार
६. थर्क सेन १ लाख ५ हजार
७. जानकी गुरुङ १ लाख
८. कृष्ण सञ्जेल केसी १ लाख
९. धर्मराज खतिवडा ५१ हजार
१०. शशीचन्द्र अधिकारी १ लाख
११.इर्हम अमेद १ लाख १ हजार
१२. जुनु गुरुङ १ लाख
१३. पासाङ शेर्पा १ लाख
१४. पूर्ण देउराली ५१ हजार
१६. प्रकाश धमाला ५१ हजार
१७. केशव कडेँल ५१ हजार
१८. कुशल केसी १ लाख
१९. दीपा राई ८५ हजार
२०. लक्ष्मी गुरुङ ५० हजार
२१. एनसीसी बेल्जियम ५० हजार, पहल जारी
२२. एनसीसी कुवेत ५० हजार
२३. एनआरएनए यूके ५ लाख
२४. श्याम तामाङ १ लाख
२५. एसी शेर्पा ५ लाख
२६. एनसीसी अमेरिका ५ लाख
२७. एनसीसी कतार १ लाख
२८. राजबहादुर शाही १ लाख
२९. रामजी लामिछाने १३ हजार
३०. धर्म केसी २५ हजार ५ सय ६३
३१. आरसी सापकोटा ४३ हजार
३२. डिल्लीराज ढुंगाना ५० हजार
३३. गिरीराज पाण्डे १३ हजार
३४. भक्त भण्डारी ५ लाख
३५. कृष्ण शेर्पा १ लाख
३६. कृष्ण पोखरेल १ लाख

संघको ग्लोबन फाउण्डेसन र एमआईटी फाउण्डेसनको पहलमा विभिन्न देशमा रहेका एनसीसी र व्यक्तिगत रुपमा पनि सहयोग अभियान जारी रहेको छ । संघका अध्यक्ष कुँवरले यसअघि पनि भूकम्प पीडितले प्रत्यक्ष सहयोग महशुस हुनेगरी सहयोग प्रदान गर्ने बताउँदै विश्वभर रहेका गैरआवासीय नेपालीहरुलाई सहयोगको लागि अपील गरेका थिए ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update