Kath khabar
भूकम्पको जोखिम रोक्न नि:शुल्क देशव्यापी अनुष्ठानको घोषणा



                            काठमाडौं, मंसिर १० । विनाशकारी भूकम्पको बढ्दो जोखिम एवम् दैविक विपदबाट नेपाललाई बचाउन देशव्यापी ११ हजार दिव्य अनुष्ठान गरिने भएको छ ।

पटक पटकको भुकम्पले पुर्याएको क्षति र निकट भविष्यमा हुनसक्ने भौतिक तथा मानवीय क्षतिबाट देशलाई बचाउन भगवती मानव कल्याण संगठनले ११ हजार दिव्य आरती अनुष्ठानको घोषणा गरेको हो । काठमाडौंको सुविधानगर स्थित भगवती मानव कल्याण संगठन, नेपालको राष्ट्रिय कार्यालय उद्घाटन समारोहमा आगामी मंसिर २३ बाट अनुष्ठान गर्ने घोषणा गरिएको हो ।

कुनै पनि नाममा दान, दक्षिणा तथा चन्दा नलिइ जनकल्याणकारी भावनाले घरदैलो अभियान चलाएर संगठनले समाजमा दिव्य उर्जातरंग प्रवाहका लागि जनचेतनामूलक कार्यक्रम, १ घण्टे आरती, ५ घण्टे तथा २४ घण्टे अखण्ड दुर्गा चालिसाको पाठ निःशुल्क रुपमा घर घरमा गर्दै आएको छ । साधनात्मक क्रमबाट पछिल्लो १५ वर्षमा नेपालमा हजारौँ व्यक्तिहरु पूर्ण रुपमा नसामुक्त भइसकेका छन् भने हजारौँको जीवनमा क्रमिक सुधार भइरहेको छ । यस्तै नशामा डुबेका सयौँ व्यक्तिहरू नसामुक्त भएर समाज सुधारमा संलग्न भएका छन् ।

यसै क्रममा संगठनले भूकम्प पीडितको कल्याणार्थ, मृतक आत्माको चिरशान्ति, विनाशकारी भूकम्प जस्ता दैविक प्रकोपबाट बच्न र जनकल्याणको लागि जनआ–आफ्नो घरमा अनुष्ठान गर्न चाहनेले संगठनको माध्यमबाट निशुल्क सेवा लिन सक्ने व्यवस्था गरेको छ । संगठनले ९८६५५२३३४३ नम्बरमा मिस्ड्कल गरेर आ–आफ्नो घरदैलोमा अनुष्ठानको लागि आह्वान गर्न सकिने जनाएको छ ।

पूर्ण कुण्डलिनी शक्ति जागृत ब्रह्मर्षि शक्तिपुत्रजी महाराजको सानिध्यमा रहेर आध्यात्मिक शक्ति प्राप्त गरेका शिष्यहरु आफू नशामुक्त, मांसाहार मुक्त र चरित्रवान जिवनको संकल्पका साथ निरन्तर साधना गर्दै साधनाबाट प्राप्त उर्जा समाज कल्याणमा लगाउँदै आएका छन्। योगीराज श्री शक्तिपुत्रजी महाराजले स्वयंलाई दुर्लभ तपस्या तथा साधनाबाट सतत् सक्रिय गराएर समाजका लाखौं व्यक्तिलाई नशामुक्त, मांसाहार मुक्त एवं चरित्रवान जीवन जिउने प्रेरणा प्रदान गरेर भय, भोक र भ्रष्टाचारमुक्त समाज निर्माणको चिन्तन प्रदान गर्नुभएको छ ।

यही लक्ष्य अन्तर्गत भगवती मानव कल्याण संगठनका गुरुदीक्षा प्राप्त शिष्यद्वारा समाजबीच साधना, अनुष्ठान एवं जनजागरण कार्यक्रमको माध्यमबाट अतिप्रभावी ढंगले कार्य भइरहेको छ ।         

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update