Kath Khabar
नेप्सेमा २७ अंकको उच्च बृद्धि

काठमाडौ, असार १३ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से उच्चा अंकले बढेको छ । नेप्से आज २७ दशमलव ३८ अंकले बढेर २८ सय ७० दशमलव ३८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७६ अंकले बढेर पाँच सय २९ दशमलव ४१ अंकमा पुगेको छ ।

आज दुई सय २७ वटा कम्पनीहरुको ८२ हजार ५५ पटकको कारोवार हुंदा दुुई करोड नौ लाख ७४ हजार तीन सय ७७ कित्ता शेयर किनबेच भएका छन् भने कुुल शेयर कारोवार रकम सात अर्ब १६ करोड ७४ लाख ३२ हजार सात सय २८ रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन १३ वटा उपसमुहको कारोवार भएकोमा वाणिज्य बैंक, जलबिद्युुत, ट्रेडिङ, लघुुवित्त, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी सहितका आठ वटा समुहको सुचक बढेका छन् भने विकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा र होटल तथा पर्यटन सहितका पाँच वटा समुहको सुचक घटेका छन् ।

कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज सेञ्चुरी कर्मसियल बैंक, अपर तामाकोशी हाईड्रो पावर कम्पनी, रिडी हाईड्रो पावर कम्पनी आदिले कमाएका छन् भने नेपाल इन्स्योरेन्स कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाईनान्स आदिको शेयर मुल्य घटेका छन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचिमा भने सेञ्चुरी कर्मसियल बैंक, नेशनल हाईड्रो पावर कम्पनी, नेपाल पुर्नबीमा कम्पनी आदि परेका छन् ।  

 

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update