
काठमाडौं, असार १४ । शेयर बजारमा साताको दोस्रो कारोवार दिन आज सोमबार पनि करेक्सन देखिएको छ । नेप्से आज पाँच दशमलव ११ अंकले बढेर २८ सय ७५ दशमलव ४९ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दशमलव १७ अंकले बढेर पाँच सय ३३ दशमलव ५७ अंकमा पुुगेको छ । नेप्सेमा आज दुुई सय १९ वटा कम्पनीहरुको ८१ हजार तीन सय पटकको कारोवारमा एक करोड ९२ लाख ८२ हजार आठ सय १५ कित्ता शेयर किनबेच भएका छन् भने कुुल शेयर कारोवार रकम सात अर्ब ७२ करोड ५५ लाख १२ हजार सात सय १६ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएका छन् । ति मध्ये वाणिज्य बैंक, होटल तथा पर्यटन, लघुुवित्त, जीवन बीमा, सामुुहिक लगानी कोष र लगानी सहितका छ वटा समुहको सुचक बढेका छन् भने विकास बैंक, जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, ट्रेडिङ, उत्पादनमुुलक र अन्य सहितका सात वटा समुहको सुचक घटेका छन् ।
कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज सबैको लघुुवित्त वित्तीय संस्था, सिभिल लघुुवित्त वित्तीय संस्था, मिथिला लघुुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य बढेका छन् भने बेष्ट फाईनान्स, राधी जलबिद्युुत कम्पनी, बेष्ट फाईनान्स, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनी आदिको शेयर मुल्य भने घटेका छन् । यसैगरी आज अपरतामाकोशी हाईड्रो पावर कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक आदिको बढी रकम कारोवार भएका छन् ।