Kath Khabar
नेप्से सुचक तथा कारोवार रकम दुबैमा उच्च अंकले गिरावट

काठमाडौं, असार १५ । आज मंगलबार नेप्से सुचक तथा कारोवार रकम दुबै नै घटेका छन् । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से आज भने ४७ दशमलव ४९ अंकले घटेर २८ सय २८ अंकमा झरेकोमा सेन्सिटिभ पनि नौ दशमलव ८७ अंकले घटेर पाँच सय २३ दशमलव ७० अंकमा झरेको छ । नेप्सेमा दुुई सय २३ वटा कम्पनीहरुको ७५ हजार आठ सय ८० पटकको कारोवारमा एक करोड ४० लाख ४४ हजार तीन सय ८१ कित्ता शेयर खरिद विक्री भएका छन् भने कुुल कारोवार रकम छ अर्ब ७२ करोड ६३ लाख ६१ हजार आठ सय ६९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुँदा लघुुवित्त समुहको सुचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुुलक, अन्य, सामुहिक लगानी कोष र लगानी सहितका १२ वटा समुहको सुचक घटेका छन् ।

कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज ओरन्टल होटल समुह, गुराँस लघुुवित्त वित्तीय संस्था, निर्धन उत्थान लघुुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य बढेका छन् भने प्रोग्रेसिभ फाईनान्स, बेष्ट फाईनान्स, श्री इन्भेष्टमेन्ट फाईनान्स आदिको शेयर मुल्य घटेका छन् । यसैगरी आज राधी जलबिद्युुत कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी आदिको बढी रकम कारोवार भएका छन् ।

 

प्रकाशित मिति: मंगलबार, असार १५, २०७८  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update