
काठमाडौं, असार १६ । नेप्सेमा झिनो अंकले गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार भने चार दशमलव १३ अंकले घटेर २८ सय २३ दशमलव ८७ अंकमा पुुगेको छ । यसैगरी आज सेन्सिटिभ पनि एक दशमलव ३२ अंकले घटेर पाँच सय २२ दशमलव ३७ अंकमा पुगेको छ । आज दुुई सय २० वटा कम्पनीहरुको ६८ हजार एक सय ९२ पटकको कारोवारमा एक करोड करोड ६२ लाख ४८ हजार एक सय कित्ता शेयर किनबेच भएको छ भने कुुल शेयर कारोवार रकम पाँच अर्ब ८३ करोड ८५ लाख ५१ हजार चार सय ३५ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, जीवन बीमा, होटल तथा पर्यटन, लघुुवित्त, ट्रेडिङ, सामुुहिक लगानी कोष र लगानी सहितका सात वटा समुहको सुचक घटेका छन् भने विकास बैंक, जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, उत्पादनमुुलक र अन्य सहितका छ वटा समुहको सुचक बढेका छन् ।
कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज पोखरा फाईनान्स, सेन्ट्रल फाईनान्स, नेपाल फाईनान्स, बेष्ट फाईनान्स आदिको शेयर मुल्य बढेका छन् भने राधी जलबिद्युत कम्पनी, गुुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनी, खानीखोला हाईड्रो पावर कम्पनी, अरुण कावेली जलबिद्युुत कम्पनी, पाँचथर पावर कम्पनी आदि परेका छन् । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी आदि परेका छन् ।