Kath Khabar
१९ अंकले बढेर रोकियो नेप्से

काठमाडौं, असार १७ । नेप्से १९ अंकले बढेर रोकिएको छ । आज बिहिबार नेप्से १९ दशमलव १२ अंकले बढेर २८ सय ४३ अंकमा पुुगेर रोकिदा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ३३ अंकले बढेर पाँच सय २८ दशमलव ७१ अंकमा पुुगेको छ ।

आज नेप्सेमा दुुई सय २४ ओटा कम्पनीहरुको ७० हजार एक सय ९८ पटकको कारोवारमा तीन कारेड २८ लाख ३८ हजार नौ सय ९३ कित्ता शेयर किनबेच भएकाछन् भने कुल शेयर कारोवार रकम आज छ अर्ब ७० करोड ७७ लाख ७५ हजार चार सय ८४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा १३ ओटा समुहको कारोवार हुँदा निर्जिवन बीमा समुहको सुचक घटेर वाणिज्य बैंक, विकास बैंक, जलबिद्युुत, फाईनान्स, जीवन बीमा, ट्रेडिङ, होटल तथा पयर्टन, उत्पादनमुलक, अन्य, लघुुवित्त, सामुुहिक लगानी कोष र लगानी सहितका १२ ओटा समुहहरुको सूचक बढेकाछन् ।

कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज ओरन्टल होटल लिमिटेड, ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड, गुुडविल फाईनान्स लिमिटेड आदिको शेयर मूल्य बढेकाछन् भने कुमारी इक्विटी फण्ड, सुर्योदय लघुुवित्त वित्तीय संस्था, एनएलजी इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी आज नेको इन्स्योरेन्स कम्पनी, ज्योति विकास बैंक, नेपाल पुर्नबीमा कम्पनी आदिको भने बढी रकम कारोबार भएकाछन् ।  

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update