
काठमाडौं, असार २० । आज आईतबार नेप्से घटेको छ । नेप्से आज आठ दशमलव ४८ अंकले घटेर २८ सय ३४ दशमलव ५१ अंकमा कायम रहंदा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३३ अंकले घटेर पाँच सय २८ दशमलव ४५ अंकमा कायम रहन पुगेको छ । आज नेप्सेमा कुल दुई सय २४ वटा कम्पनीहरुको ६० हजार एक सय ७५ पटकको कारोवारमा एक करोड आठ लाख ४२ हजार दुई सय २१ कित्ता शेयर किनबेच भएकाछन् भने कुल शेयर कारोवार रकम पाँच अर्ब पाँच करोड ३५ लाख ३८ हजार दुई सय ५७ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा समुहको कारोवार भएका छन् । जसमध्ये होटल तथा पर्यटन, अन्य र सामुहिक लगानी कोष सहितका तीन वटा समुहको सुचक बढेकाछन् भने वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रे्डिङ, अन्य, लघुवित्त र लगानी सहितका १० वटा समुहको सुचक घटेकाछन् ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये आज गुडविल फाईनान्सको ऋणपत्र २०८३, ओरन्टल होटल समुह, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाईनान्स आदिको शेयर मुल्य बढेकाछन् भने माछापुच्छ्रे बैंकको ऋणपत्र, जोशी हाईड्रो पावर कम्पनी, रिलायन्स फाईनान्स, गुडविल फाईनान्स आदिको शेयर मुल्य घटेकाछन् । नेपाल इन्स्योरेन्स कम्पनी, नेपाल टेलिकम, अपर तामाकोशी हाईड्रो पावर कम्पनी आदिको भने बढी रकम कारोवार भएकाछन् ।