Kath Khabar
११ दशमलव ७८ अंकले घट्यो नेप्से

काठमाडौं, असार २१ । साताको दोस्रो कारोवार दिन आज सोमबार पनि नेप्से ११ दशमलव ७८ अंकले घटेर २८ सय २२ दशमलव ७३ अंकमा कायम रहेको छ । यसैगरी आज सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव शुन्य चार अंकले घटेर पाँच सय २८ दशमलव ४१ अंकमा सिमित हुन पुगेको छ । नेप्सेमा दुई सय २४ वटा कम्पनीहरुको ५२ हजार आठ सय ४६ पटककको कारोवारमा एक करोड ६३ हजार छ सय ३६ कित्ता शेयर खरिद बिक्री हुंदा कुल शेयर कारोवार रकम चार अर्ब ५८ करोड २२ लाख १२ हजार पाँच सय ७९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, विकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, जलबिद्युत, फाईनान्स र लघुवित्त सहितका आठ वटा समुहको सुचक घटेकाछन् भने ट्रेडिङ, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी सहितका पाँच वटा समुहको सुचक बढेकाछन् ।

कारोवार भएका कुल कम्पनीहरु मध्ये आज बिशाल बजार कम्पनी, हिमालयन डिष्ट्रिलरी प्रा.लि. आदिको शेयर मुल्य बढेकाछन् भने गोर्खाज फाईनान्स, कर्णाली विकास बैंक आदिको शेयर मुल्य घटेका छन् । यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रा.लि, अपर तामाकोशी हाईड्रो पावर कम्पनी, नेपाल बैंक आदिको बढी रकम कारोवार भएकाछन् ।

 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update