
काठमाडौं, असार २२। नेप्से लगातार घट्न थालेको छ । अघिल्लो दुुई कार्य दिन नै लगातार घटेको नेप्से आज मंगलबार पनि पाँच दशमलव २४ अंंकले घटेर २८ सय १८ दशमलव १० अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि एक दशमलव ९७ अंकले घटेर पाँच सय २६ दशमलव ७५ अंकमा पुुगेको छ ।
आज नेप्सेमा दुुई सय २० वटा कम्पनीहरुको ४६ हजार तीन सय १० पटकको कारोवारमा एक करोड एक लाख ३५ हजार दुई सय नौ कित्ता शेयर खरिद बिक्री भएकाछन् भने कारोवार रकम चार अर्ब २२ करोड ४० लाख १८ हजार दुुई सय ५५ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज कारोवार भएका कुुल उपसमुहरु मध्ये वाणिज्य बैंक, निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुलक र लघुुवित्त सहितका पाँच पटा समुहको सुचक बढेकाछन् भने विकास बैंक, जलबिद्युुत, ट्रेडिङ, फाईनान्स, होटल तथा पर्यटन, अन्य, सामुुहिक लगानी कोष र लगानी सहितका आठ वटा समुहको सूचक घटेकाछन् ।
कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज राष्ट्रिय बीमा कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, समिट लघुुवित्त वित्तीय संस्था, शिवम सिमेन्ट आदिको शेयर मूल्य बढेकाछन् भने हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, युनाईटेड इदी मर्दी हाईड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन डिष्ट्रिलरी प्राली, अपर तामाकोशी हाईड्रो पावर कम्पनी, नेपाल बैंक आदिको बढी रकम कारोवार भएकाछन् ।