
काठमाडौं, असार २३ । नेप्से लगातार घटेको छ । अघिल्ला दिनहरुमा निरन्तर घटेको नेप्से आज बुधबार पनि १६ दशमलव ९७ अंकले घटेर २८ सय एक दशमलव १३ अंकमा कायम रहेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव पाँच प्रतिशतले घटेर पाँच सय २५ दशमलव २४ अंकमा पुगेको छ । आज दुई सय २२ वटा कम्पनीहरुको ४६ हजार एक सय ८३ पटकको कारोवारमा एक करोड १६ लाख ६४ हजार दुई सय सात कित्ता शेयर खरिद विक्री भएकाछन् भने कुल शेयर कारोवार रकम चार अर्ब ५८ करोड ५८ लाख ६१ हजार नौ सय ७६ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा समुहको कारोवार भएकोमा विकास बैंक र लघुवित्त सहित दुई वटा समुहको सुचक बढेकाछन् भने वाणिज्य बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य सामुहिक लगानी कोष र लगानी सहितका ११ वटा समुहको सुचक घटेकाछन् ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये आज सेञ्चुरी कर्मशियल बैंकको संस्थापक शेयर, प्राईम कर्मसियल बैंकको संस्थापक शेयर, सिभिल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य बढेकाछन् भने अपर तामाकोशी हाईड्रो पावर कम्पनी, खानी खोला हाईड्रो पावर कम्पनी, घलेम्दी हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज छिमेक लघुवित्त वित्तीय संस्था, हिमालयन डिष्ट्रिलरी प्राली, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था आदि परेकाछन् ।