Kath Khabar
२३ दशमलव ७६ अंकले बढ्यो नेप्से

काठमाडौं, असार २४ । साताको अन्तिम कारोवार दिन आज बिहिबार भने नेप्से उच्च अंकले बढेको छ । अघिल्ला दिनहरुमा निरन्तर घटेको नेप्से आज २३ दशमलव ७६ अंकले बढेर २८ सय २४ दशमलव ८९ अंकमा कायम हुुन पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४१ अंकले बढेर पाँच सय २९ दशमलव ६६ अंकमा कायम भएको छ ।

नेप्सेमा दुुई सय २३ वटा कम्पनीहरुको ५१ हजार आठ सय ६८ पटकको कारोवारमा एक करोड ३१ लाख ४३ हजार दुुई सय ४० कित्ता शेयर किनबेच भएकाछन् भने कुुल शेयर कारोवार रकम चार अर्ब ८१ करोड ५५ लाख २० हजार दुुई सय ९४ रुपैयाँ पुुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहका कारोवार भएकाछन् । सो मध्ये ट्रेडिङ र अन्य समुहको सूचक घटेकाछन् भने वाणिज्य बैंक, विकास बैंक, जलबिद्युुत, लघुुवित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी सहितका ११ वटा समुहको सूचक बढेकाछन् ।

कारोवार भएका कुल कम्पनीहरु मध्ये आज गुहेस्वरी  मर्चेन्ट फाईनान्स, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, घलेम्दी हाईड्रो पावर कम्पनी, खानीखोला हाईड्रो पावर कम्पनी, जोशी हाईड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेकाछन् भने कर्पोरेड डेभलपमेन्ट बैंक, सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी आदिको शेयर मूल्य भने घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सूचीमा भने आज नेपाल बैंक, हिमालय डिष्ट्रिलरी लिमिटेड, एनआईसी एशिया बैंक, अपर तामाकोशी हाईड्रो पावर कम्पनी, नेपाल पुर्नबीमा कम्पनी आदि परेकाछन् ।  

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update