
काठमाडौं, असार २७ । नेप्से एकै दिन ७४ अंकले बढेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से एकै दिन ७४ दशमलव ७१ अंकले बढेर २८ सय ९९ दशमलव ८२ अंकमा कायम रहेकोमा सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव ७७ अंकले बढेर पाँच सय ४३ दशमलव ४३ अंकमा कायम हुुन पुगेको छ । नेप्सेमा आज दुई सय २५ वटा कम्पनीहरुको ८२ हजार ४९ पटकको कारोवारमा तीन करोड १५ लाख ८८ हजार आठ सय ५० कित्ता शेयर किनबेच भएकाछन् भने कुल शेयर कारोवार रकम आठ अर्ब छ करोड १३ लाख ८२ हजार चार सय ९६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज वाणिज्य बैंक, जलबिद्युत, विकास बैंक, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटा समुहको कारोवार भएकोमा १३ वटै समुहको सुचक उच्च अंकले बढेर नेप्सेमा पुरै हरियाली छाएको छ । कारोवार भएका कुल कम्पनीहरु मध्ये आज श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी, आईसीएफसी फाईनान्स, गोर्खाज फाईनान्स, आदिको शेयर मुल्य बढेकाछन् भने राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर ओरन्टल होटल लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको शेयर मुल्य भने घटेकाछन् ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज एनआईसी एशिया बैंक, नबिल बैंक, नेपाल बैंक लिमिटेड आदि परेकाछन् ।