Kath Khabar
नेप्सेमा देखियो राजनीतिक रंग

काठमाडौं, असार २८ । अघिल्लो दिन अर्थात आईतबार ७५ अंकले बढेको नेप्सेमा साताको दोस्रो कारोवार दिन अर्थात आज सोमबार भने राजनीतिक रंग देखिएको छ । आज नेप्से खुुलेको पहिलो घण्टा लगातार बढेको थियो । तर यसबिचमा नै सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरी २८ घण्टामा शेरबहादुर देउबालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरे लगत्तै यसको प्रभाव नेप्सेमा पनि देखिएको छ ।

सो पश्चात नेप्से घट्न थालेको छ । अन्तिम समयसम्म आईपुुग्दा नेप्से ४५ दशमलव छ अंकले घटेर २८ सय ५४ दशमलव ७६ अंकमा सिमित रहंदा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ६२ अंकले घटेर पाँच सय ३४ दशमलव ८१ अंकमा कायम हुुन पुुगेको छ । नेप्से घटेपनि कारोवार रकम भने अघिल्लो दिनको तुुलनामा आज बढेको छ ।

नेप्सेमा आज दुुई सय २९ वटा कम्पनीहरुको ९२ हजार एक सय ९२ पटकको कारोवारमा दुुई करोड ६० लाख २१ हजार एक सय चार कित्ता शेयर किनबेच हुँदा कुुल कारोवार रकम नौ अर्ब ९८ करोड २६ हजार पाँच सय २७ रुपैयाँ पुुगेको छ । नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन् । जसमध्ये सामुुहिक लगानी कोष समुहको सूचक सामान्य अंकले बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १२ वटा समुहको सूचक उच्च अंकले घटेकाछन् ।

कारोवार भएका कुल कम्पनीहरु मध्ये आज समृद्धि फाईनान्स लिमिटेड, मल्टीपर्पस फिनान्स, कर्णाली डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेकाछन् भने युनियन हाईड्रो पावर कम्पनी, जोशी हाईड्रो पावर कम्पनी, अरुणखोला जलबिदुुत कम्पनी आदिको शेयर मुल्य भने घटेकाछन् । यसैगरी आज निर्धन उत्थान लघुुवित्त वित्तीय संस्था, एनआईसी एशिया बैंक, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर आदिको सबैभन्दा बढी रकम कारोवार भएकाछन् ।  

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update