
काठमाडौं, असार २९ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से साताको तेस्रो कारोवार दिन आज मंगलबार भने बढेको छ । नेप्से आज १६ दशमलव ३४ अंकले बढेर २८ सय ७१ दशमलव तीन अंकमा कायम रहेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७४ अंकले बढेर पाँच सय ३९ दशमलव ५१ अंकमा कायम रहेको छ ।
आज नेप्सेमा दुुई सय २३ वटा कम्पनीहरुको ५३ हजार एक सय ३९ पटकको कारोवारमा एक करोड २३ लाख ४८ हजार तीन सय ८९ कित्ता सेयर खरिद बिक्री भएकाछन् भने कुुल कारोवार रकम पाँच अर्ब ५४ करोड ६३ लाख ५६ हजार दुई सय ब२४ रुपैयाँ पुगेको छ । १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, विकास बैंक, जलबिद्युुत, फाईनान्स, नीर्जिवन बीमा सहितका १२ वटा समुहको सूचक बढेकाछन् भने जीवन बीमा समुहको सूचक आज घटेको छ ।
कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज सेन्ट्रल फाईनान्स, रिलायन्स फाईनान्स, नारायणी डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेकाछन् भने सानिमा लार्ज क्याप फण्ड, माउन्टेन इर्नर्जी नेपाल लिमिटेड, मेरो लघुुवित्त वित्तीय संस्था लगायतका कम्पनीहरुले गुमाएकाछन् । कारोवार भएको रकमका आधारमा भने आज नेपाल बंगलादेश बैंक, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, निर्धन उत्थान लघुुवित्त वित्तीय संस्था अगाडि परेकाछन् ।