
काठमाडौ, असार ३० । नेप्से आज बुुधबार सामान्य अंकले मात्र बढेको छ । आज नेप्से एक दशमलव एक अंकले बढेर २८ सय ७२ दशमलव पाँच अंकमा कायम रहंदा सेन्सिटिभ भने शुन्य दशमलव १४ अंकले घटेर पाँच सय ३९ दशमलव ३८ अंकमा कायम रहेको छ । आज दुई सय १४ वटा कम्पनीहरुको ५० हजार पाँच सय ९१ पटकको कारोवारमा चार करोड ४७ लाख ३६ हजार पाँच सय ३० कित्ता शेयर किनबेच भएकाछन् । जसअनुसार कुल कारोवार रकम पाँच अर्ब ६५ करोड ४५ लाख ७६ हजार दुई सय पाँच रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन् । सो मध्ये वाणिज्य बैंक, विकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुुलक, अन्य र लघुवित्त सहितका आठ वटा समुहरुको सुचक घटेकाछन् भने जलबिद्युत, फाईनान्स, होटल तथा पर्यटन, सामुहिक लगानी कोष र लगानी सहितका पाँच वटा समुहहरुको सुचक बढेकाछन् ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये आज नेपाल फाईनान्स, न्यादी ग्रुप पावर लिमिटेड, मल्टीपर्पोस फिनान्स, सेन्ट्रल फाईनान्स आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने प्रभु बैंकको ऋणपत्र, नारायणी डेभलपमेन्ट बैंक आदि परेकाछन् । यसैगरी कारोवार भएको रकमको आधारमा भने आज गोर्खाज फाईनान्स, हिमालयन डिष्ट्रिलरी प्रालि, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था आदि परेकाछन् ।