Kath Khabar
२८ सय ८३ अंकमा पुगेर रोकियो नेप्से

काठमाडौं, असार ३१ । नेप्से आज बिहिबार ११ दशमलव ३३ अंकले बढेर २८ सय ८३ दशमलव ३८ अंकमा पुगेर रोकिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९३ अंकले बढेर पाँच सय ४१ दशमलव ३१ अंकमा पुगेर रोकिएको छ । आज दुई सय २३ वटा कम्पनीहरुको ७३ हजार दुई सय ७२ पटकको कारोवारमा पाँच करोड ८५ लाख दुई हजार एक सय नौ कित्ता शेयर किनबेच हुँदा कारोवार रकम आठ अर्ब १४ करोड ३६ लाख १४ हजार तीन सय दुई रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, ट्रेडिङ, लघुवित्त र सामुहिक लगानी कोष सहितका सात वटा समुहको सुचक बढेकाछन् भने विकास बैंक, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र लगानी समुहहरुको सुचक घटेकाछन् ।

कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज रैराङ हाईड्रो पावर कम्पनी, ङादी ग्रुप पावर कम्पनी, मञ्जुश्री फाईनान्स आदिको शेयर मुल्य बढेकाछन् भने मेरो माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था, एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर आदिको शेयर मुल्य भने घटेकाछन् । कारोवार भएको रकमका आधारमा भने आज गोर्खाज फाईनान्स, एनआईसी एशिया बैंक, मेरो माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आदि परेकाछन् ।  

 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update