Kath Khabar
युनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँड सम्पन्न

काठमाडौं, असार ३१ । असार ३१ गते बिहीबार युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीेको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने २१ लाख ८२ हजार ७ सय ७५ आवेदनमध्ये दोहोरो आवेदनका कारणबाट रद्ध भएका ४ हजार ८ सय १ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ६५ हजार १ सय ७५ बाहेक बाँकी रहेका योग्य आवेदनहरु २१ लाख १२ हजार ७ सय ९९ वटा मध्येबाट ५ लाख ८० हजार ५ सय जनालाई न्यूनतम १० इकाइ बाँडफाँड गरिएको छ । 

प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई असार २४ गते देखि २८ गते सम्म सार्वजनिक निष्काशन खुला गरिएको युनियन लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक निष्काशनमा निष्काशन गरिएको कूल शेयर ६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५०० कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ३ लाख  २२ हजार ५०० कित्ता छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब ५.९२ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको कम्पनीले जनाएको छ । 

रिजल्ट हेर्न यो लिंकमा जानुु होला 

 

https://results.prabhucapital.com

https://iporesult.cdsc.com.np

https://iporesult.unionlife.com.np

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update