Kath Khabar
चालु आर्थिक बर्षको सुरुवातसंगै नेप्सेमा उत्साह

काठमाडौं, साउन ३ । चालु आर्थिक बर्षको सुरुवातसंगै नेप्सेमा उत्साह देखिएको छ । चालु आर्थिक बर्षको पहिलो कारोवार दिन आज आईतबार नेप्से सुचक तथा कारोवार रकम दुबै नै उच्चरुपमा बढेको छ । नेप्से आज ९७ दशमलव २१ अंकले बढेर दुुई हजार नौ सय ८० दशमलव ६१ अंकमा कायम रहंदा सेन्सिटिभ इन्डेक्स पनि १९ दशमलव ५५ अंकले बढेर पाँच सय ६० दशमलव ९६ अंकमा कायम रहेको छ । नेप्सेमा आज दुई सय २१ वटा कम्पनीहरुको एक लाख १६ हजार दुई सय ९४ वटा कारोवार भएकाछन् । जसबाट दुई करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर खरिद विक्री हँंदा कुल शेयर कारोवार रकम ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार चार सय ९३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, लघुवित्त, निर्जिवन बीमा, जीवन बीमा आदिको सुचक उच्च अंकले बढेकाछन् ।

कारोवार भएका कम्पनीहरु मध्ये आज हिमालयन पावर पार्टनर लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड, सिंगटी हाईड्रो पावर कम्पनी, सिद्धार्थ बैंक लिमिटेड आदिको शेयर मुल्य बढेकाछन् भने एनआईबिएल समृद्धि फण्ड २, कुमारी इक्विटी फण्ड, अरुण भ्याली हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा साउन भने आज मञ्जुश्री फाईनान्स, नबिल बैंक, कामना सेवा विकास बैंक आदि परेकाछन् ।

 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update