Kath Khabar
नेप्सेमा पुन १४ अंकले वृद्धि

काठमाडौ, साउन  ४ । नेप्से पुन बढेको छ । अघिल्लो दिन झण्डै एक सय अंकले बढेको नेप्से आज सोमबार पनि १३ दशमलव ९७ अंकले बढेर दुई हजार नौ सय ९४ दशमलव ५८ अंकमा कायम रहेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव शुन्य दुई अंकले घटेर पाँच सय ६० दशमलव ९४ अंकमा कायम रहेको छ । आज दुुई सय १९ वटा कम्पनीहरुको एक लाख सात हजार सात सय ९७ पटकको कारोवारमा तीन करोड ७५ लाख ७१ हजार तीन सय ५४ कित्ता शेयर किनबेच हुंदा कारोवार रकम ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार छ सय सात रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन् । सो मध्ये वाणिज्य बैक, ट्रेडिङ, निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी सहितका आठ वटा समुहको सुचक बढेकाछन् भने विकास बैंक, जलबिद्युत, फाईनान्स, होटल तथा पर्यटन र लघुवित्त सहितका पाँच वटा समुहको सुचकहरु घटेकाछन् ।

कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी, बिशाल बजार कम्पनी, हिमालयन पावर पार्टनर लिमिटेड आदिको शेयर मुल्य बढेकाछन् भने सनराईज बैंकको ऋणपत्र, लिवर्टी इर्नर्जी कम्पनी लिमिटेड, मञ्जुश्री फाईनान्स आदिको शेयर मुल्य भने घटेकाछन् । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक, नबिल बैंक, नेपाल बंगलादेश बैंक, एनएमबी बैंक आदि परेकाछन् ।  

 

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update