Kath Khabar
नेप्सेको उच्च बृद्धिमा लाग्यो ब्रेक

काठमाडौं, साउन ५ । नेप्सेको उच्च बृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दुई दिन उच्च अंकले बढेको नेप्से आज मंगलबार नौ दशमलव एक अंकले घटेर २९ सय ८५ दशमलव ५७ अंकमा पुगेर रोकिएको छ भने सेन्सिटिभ पनि दुुई दशमलव ८२ अंकले घटेर पाँच सय ५८ दशमलव ११ अंकमा आएर रोकिएको छ । आज दुई सय १९ वटा कम्पनीहरुको ८४ हजार चार सय ६८ पटकको कारोवारमा सात अर्ब ८९ करोड ७५ लाख ९४ हजार दुई सय ६९ रुपैयाँ बराबरको तीन करोड १६ लाख आठ हजार एक सय ९३ कित्ता शेयर किनबेच भएकाछन् ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लगानी, लघुवित्त, लघुवित्त र अन्य सहितका आठ वटा समुहको सुचक घटेकाछन् भने होटल तथा पर्यटन, जलबिद्युत, उत्पादनमुलक, सामुहिक लगानी कोष र ट्रेडिङ सहितका पाँच वटा समुहको सुचक बढेकाछन् ।

कारोवार भएका कुल कम्पनीहरु मध्ये आज लक्ष्मी उन्नती कोष, लक्ष्मी ईक्विटी फण्ड, माउन्टेन हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य बढेकाछन् भने नेपाल इन्स्योरेन्स कम्पनी, आईसीएफसी फाईनान्सको ऋणपत्र, हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनी आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण कावेली पावर लिमिटेड, अरुण भ्याली हाईड्रो पावर कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी आदि परेकाछन् ।  

 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update