Kath Khabar
नेप्सेले कायम गर्यो तीन हजार ७९ अंकको उच्च रेर्कड

काठमाडौं, साउन १२ । नेप्सेले झण्डै ३१ सय अंकको उच्च रेर्कड बनाएको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्सेले २९ दशमलव २४ अंकको बृद्धि पश्चात तीन हजार ७९ दशमलव ६७ अंकको उच्च रेर्कड बनाएको हो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १९ अंकले बढेर पाँच सय ७४ दशमलव ३० अंकमा कायम रहेको छ । आज नेप्सेमा दुई सय २५ वटा कम्पनीहरुको एक लाख ४१ हजार छ सय ५२ पटकको कारोवारमा तीन करोड २३ लाख ५५ हजार दुई सय ६० कित्ता शेयर किनबेच भएकोमा कुल शेयर कारोवार रकम १५ अर्ब १७ करोड छ लाख ५१ हजार छ सय ४३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, लघुवित्त, ट्रेडिङ र होटल तथा पर्यटन सहितका चार वटा समुहहरुको सुचक घटेकाछन् भने विकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी सहितका नौ वटा समुहहरुको सुचक बढेकाछन् ।

कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज घलेम्दी हाईड्रो पावर कम्पी, युनाईटेड मोदी हाईड्रो पावर कम्पनी, जोशी हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य बढेकाछन् भने स्वाभिमान लघुवित्त वित्तीय संस्था, सर्पोट लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य भने घटेकाछन् । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज एनआईसी एशिया बैंक, अपी पावर लिमिटेड, युनाईटेड मोदी हाईड्रो पावर कम्पनी आदि परेकाछन् ।

 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update