
काठमाडौं, साउन १३ । साताको चौथो कारोवार दिन आज बुधबार पनि नेप्से बढेको छ । नेप्से आज १५ दशमलव तीन अंकले बढेर तीन हजार ९४ दशमलव ९४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव शुन्य दुई अंकले बढेर पाँच सय ७४ दशमलव ३२ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय १९ वटा कम्पनीहरुको एक लाख २८ हजार सात सय ८० पटकको कारोवारमा दुई करोड ८१ लाख ७० हजार एक सय ७२ कित्ता शेयर खरिद विक्री भएकाछन् । सो अनुरुप आज कुल कारोवार रकम १३ अर्ब २९ करोड १९ लाख ५४ हजार पाँच सय ३५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, जलबिद्युत, उत्पादनमुलक र सामुुहिक लगानी कोष सहितका चार वटा समुहहरुको सुचक घटेकाछन् भने विकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य, लघुवित्त र लगानी सहितका नौ वटा समुहको सुचक भने बढेकाछन् ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये आज चन्द्रागिरी हिल्स लिमिटेड, मल्टीपर्पोज फिनान्स, बेष्ट फाईनान्स कम्पनी आदिको शेयर मुल्य बढेकाछन् भने सिंगटी हाईड्रो इर्नर्जी लिमिटेड, कुमारी इक्विटी फण्ड, ग्रिन लाईफ हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य भने घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज युनाईटेड मोदी हाईड्रो पावर कम्पनी, नेशनल हाईड्रो पावर कम्पनी, सानिमामाई हाईड्रो पावर कम्पनी, नेपाल पुर्नबीमा कम्पनी आदि परेकाछन् ।