
काठमाडौं, साउन १४ । मैलुङ खोला जलबिद्युुत कम्पनीको सात करोड ३६ लाख २८ हजार छ सय रुपैयाको साधारण शेयरको बिक्री खुल्ला भएको छ । कम्पनीले साउन १४ गते अर्थात आज बिहिबारबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी सात लाख ३६ हजार दुई सय ८६ कित्ता साधारण शेयरको बिक्री खुल्ला गरेको हो ।
बिक्री खुल्ला भएको कुल शेयर मध्येमा दुई प्रतिशत अर्थात १४ हजार सात सय २६ कित्ता कर्मचारीहरुको लागि, पाँच प्रतिशत अर्थात तीन हजार छ सय ८४ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी छ लाख ८४ हजार सात सय ४६ कित्ता सर्वसाधारणको लागि बिक्री छुट्याईएको कम्पनीले जानकारी दिएको छ ।
बिक्री प्रर्वन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको कम्पनीको शेयर बिक्री कार्य छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते बन्द हुने छ । लगानीकर्ताहरुले न्युनतम १० देखि अधिकतम एक लाख कित्तासम्मको शेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।
हाल अधिकृत पुंजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको जारी पुंजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । हाल चुक्ता पुंजी २९ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको कम्पनीको साधारण शेयरको बिक्री पश्चात भने चुक्ता पुंजी ३६ करोड ८१ लाख ४३ हजार चार सय रुपैयाँ पुग्ने छ ।