Kath Khabar
शेयर कारोवारमा अनियमितता भएको भन्दै, अर्थमन्त्रालयले माग्यो धितोपत्र बोर्डसंग स्पष्ट जवाफ

काठमाडौं, साउन १४ । शेयर कारोवारमा अनियमितता भएको भन्दै, अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डसंग स्पष्ट जवाफ माग गरेको छ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले एकाघर परिवारका सदस्यको नाममा प्रिमियममा निष्काशन गर्न अनुमति प्रदान गरिएको सर्वोत्तम सिमेन्टको शेयर राखेको लगायतका समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै अर्थमन्त्रालयले धितोपत्र बोर्डसंग स्पष्ट जवाफ माग गरेको हो ।

धितोपत्र बोर्डको नाउँमा अर्थमन्त्रालयले लेखेको पत्रमा भनिएको छ, बिभिन्न सञ्चार माध्यममा प्रकाशित भएका तहँं बोर्डसंग सम्वन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । सञ्चार माध्यमहरुमा आएका उक्त बिषयबस्तुको सम्वन्धमा सत्य तथ्य यर्थाथता के हो, र सो को स्पष्ट र तथ्यपरक बिवरण तीन दिन भित्र उपलब्ध गराईदिनु हुन आदेशानुसार अनुरोध छ ।

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले एकाघर परिवारका सदस्य आफ्नै छोरी रेबिका ढुंगानाको नाममा र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले श्रीमती शुशीला कुमारी बोहराको नाममा बुक बिडिङ प्रक्रियाबाट जारी हुने भनिएको सर्वोेतम सिमेन्टको ११ हजार नौ सय १२ कित्ता शेयर लिईएको पाईएको समाचार सार्वजनिक भएको थियो । सोही बिषयलाई आधार बनाएर अर्थमन्त्रालयले धितोपत्रसंग जवाफ माग गरेको हो ।  

 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update