Kath Khabar
नेप्से सुचक तथा कारोवार रकम दुुबैमा सामान्य बृद्धि

काठमाडौं, साउन १७ । नेप्से सुचक तथा कारोवार रकम दुुबैमा सामान्य बृद्धि भएको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से एक दशमलव २५ अंकले बढेर तीन हजार ८१ दशमलव पाँच अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि एक दशमलव २४ अंकले बढेर पाँच सय ७२ दशमलव १५ अंकमा पुुगेको छ । आज नेप्सेमा दुुई सय २६ वटा कम्पनीहरुको एक लाख १७ हजार चार सय ९० पठकको कारोवारमा तीन करोड तीन लाख ४२ हजार तीन सय ५२ कित्ता शेयर किनबेच भएकाछन् भने कुुल शेयर कारोवार रकम १२ अर्ब १० करोड ३८ लाख ७१ हजार आठ सय ६२ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, निर्जिवन बीमा, फाईनान्स, जीवन बीमा, होटल तथा पर्यटन, अन्य र सामुुहिक लगानी कोष सहित सात वटा समुहको सुचक घटेकाछन् भने विकास बैंक, जलबिद्युुत, लघुवित्त, ट्रेडिङ, उत्पादनमुलक र लगानी सहितका छ वटा समुहको सुचक बढेकाछन् ।

कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी, कालिका पावर लिमिटेड, युनिभर्सल पावर कम्पनी, जीवन विकास लघुुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेकाछन् भने लक्ष्मी इक्विटी फण्ड, चन्द्रागिरी हिल्स लिमिटेड, लक्ष्मी उन्नती कोष, जानकी फाईनान्स आदिको शेयर मूल्य घटेकाछन् । यसैगरी कारोवार भएको रकमका आधारमा भने नेशनल हाईड्रो पावर डेभलपमेन्ट कम्पनी, सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी, युनाईटेड मोदी हाईड्रो पावर कम्पनी, युनिभर्सल पावर कम्पनी आदि परेकाछन्।  

प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update