
काठमाडौं, साउन १८ । नेप्से बढेको छ । आज सोमबार नेप्से चार दशमलव छ अंकले बढेर तीन हजार ८५ दशमलव सात अंकमा सिमित हुन पुगेको छ । भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव तीन अंकले बढेर पाँच सय ७२ दशमलव ४६ अंकमा सिमित हुन पुगेको छ ।
आज दुई सय २६ वटा कम्पनीहरुको एक लाख पाँच हजार पाँच सय ७९ पटकको कारोवारमा दुई करोड १८ लाख ९४ हजार दुई सय नौ कित्ता शेयर किनबेच भएकाछन् भने कुल शेयर कारोवार रकम १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, फाईनान्स, लघुवित्त, उत्पादनमुलक र लगानी सहितका पाँच वटा समुहको सुचक बढेकाछन् भने विकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, जलबिद्युत, अन्य र सामुहिक लगानी कोष सहितका आठ वटा समुहको सुचक भने घटेकाछन् ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये आज घलेम्दी हाईड्रो पावर कम्पनी, अरुण खोला हाईड्रो पावर कम्पनी, युनिर्भसल पावर कम्पनी आदिको शेयर मुल्य बढेकाछन् भने माउन्टेन हाईड्रो पावर कम्पनी, लक्ष्मी इक्विटी फण्ड, युनाईटेड मोदी हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य भने घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण कावेली पावर लिमिटेड, युनिभर्सल पावर कम्पनी, समृद्धि फाईनान्स आदि परेकाछन् ।