Kath Khabar
एकै दिन २६ अंकले बढ्यो नेप्से

काठमाडौं, साउन १९ । नेप्से एकै दिन २६ अंकले बढेको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से २६ दशमलव दुई अंकले बढेर तीन हजार एक सय ११ दशमलव नौ अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव छ अंकले बढेर पाँच सय ७७ दशमलव ५२ अंकमा चढेको छ ।

नेप्सेमा आज दुई सय २३ वटा कम्पनीहरुको एक लाख छ हजार छ सय २० पटकको कारोवारमा दुई करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर किनबेच भएकाछन् भने कुल शेयर कारोवार रकम ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार सात सय ७४ रुपैयाँ ६६ पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएको छ । जसमध्ये विकास बैंक र सामुहिक लगानी कोष सहितका दुई वटा समुहको सुचक घटेकाछन् भने वाणिज्य बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, लघुवित्त, निर्जिवन बीमा, लगानी, उत्पादनमुलक, अन्य र ट्रेडिङ सहितका ११ वटा समुहको सुचक बढेकाछन् ।

कारोवार भएका कुल कम्पनीहरु मध्ये आज पाँचथर पावर कम्पनी, रुरु जलबिद्युत कम्पनी, स्वावलम्बन लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य बढेकाछन् भने युनिलिभिर नेपाल लिमिटेड, ग्रिन डेभलपमेन्ट बैंक आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज अपी पावर लिमिटेड, ङादी ग्रुप पावर कम्पनी, स्वावलम्बन लघुवित्त वित्तीय संस्था आदि परेकाछन् ।  

 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update