
काठमाडौं, साउन २० । नेप्से आज पनि बढेको छ । आज बुधबार नेप्से १२ दशमलव पाँच अंकले बढेर तीन हजार एक सय २३ दशमलव १४ अंकमा पुग्न सफल भएको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ७१ अंकले बढेर पाँच सय ७८ दशमलव २३ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय २५ वटा कम्पनीहरुको एक लाख ४४ हजार आठ सय ८७ पटकको कारोवारमा दुई करोड ८८ लाख १३ हजार आज सय ३१ कित्ता शेयर किनबेच भएकोमा कारोवार रकम १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार दुई सय ७१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएको छ । सो मध्ये वाणिज्य बैंक, विकास बैंक, जलबिद्युत, फाईनान्स, उत्पादनमुलक र लगानी सहितका छ वटा समुहको सुचक बढेकाछन् भने निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य र सामुहिक लगानी कोष सहितका सात वटा समुहको सुचक घटेकाछन् ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये आज खानीखोला हाईड्रो पावर कम्पनी, कालिका पावर कम्पनी आदिको शेयर मुल्य बढेकाछन् भने लक्ष्मी लघुवित्त वित्तीय संस्था, लक्ष्मी ईक्विटी फण्ड, ङादी ग्रुप पावर लिमिटेड, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य भने घटेकाछन् । यसैगरी नेप्सेमा आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर कम्पनी, अरुण भ्याली हाईड्रो पावर कम्पनी, छिमेकी लघुवित्त वित्तीय संस्था आदि परेकाछन् ।