
काठमाडौं, साउन २१ । यसअघि लगातार बढ्दै आएको नेप्सेमा साताको अन्तिम कारोवार दिन आज बिहिबार भने ब्रेक लागेको छ । नेप्से आज १६ अंकले घटेर तीन हजार एक सय सात दशमलव ४५ अंकमा सिमित हुुदा सेन्सिटिभ भने शुन्य दशमलव ६४ अंकले बढेर पाँच सय ७९ दशमलव अंकमा सिमित हुन पुगेको छ ।
आज नेप्सेमा दुुई सय २६ वटा कम्पनीहरुको एक लाख ३५ हजार ४२ पटकको कारोवारमा दुुई करोड ८८ लाख ४५ हजार चार सय ३१ कित्ता शेयर किनबेच भएकाछन् भने कारोवार रकम १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार नौ सय ६५ रुपैयाँ पुगेको छ । आज १३ वटा समुहको कारोवार हुंदा वाणिज्य बैंक र विकास बैंक समुहको सुचक घटेकाछन् भने जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी सहितका ११ वटा समुहहरुको सुचक घटेकाछन् ।
कारोवार भएका कुुल कम्पनीहरु मध्ये आज नेपाल फाईनान्स, कर्णाली विकास बैंक, ज्योेति विकास बैंक आदिको शेयर मुल्य बढेकाछन् भने युनिभर्सल पावर कम्पनी, शिवश्री हाईड्रो पावर कम्पनी, बरुण हाईड्रो पावर कम्पनी आदिको शेयर मुल्य भने घटेकाछन् । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज अपर तामाकोशी हाईड्रो पावर कम्पनी, अपी पावर लिमिटेड, अरुण भ्याली हाईड्रो पावर कम्पनी आदि परेकाछन् ।