
काठमाडौं, साउन २४ । नेप्सेमा सामान्य करेक्सन देखिएको छ । साताको पहिलो कारोवार दिन आईतबार नेप्से शुन्य दशमलव ६६ अंकले बढेर तीन हजार एक सय आठ दशमलव १२ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि शुन्य दशमलव ७८ अंंकले बढेर पाँच सय ७८ दशमलव नौ अंकमा पुगेको छ । आज दुई सय २७ वटा कम्पनीहरुको एक लाख २६ नौ सय २४ पटकको कारोवारमा दुई करोड ६९ लाख ९६ हजार तीन सय १३ कित्ता शेयर किनबेच हुँदा कुल शेयर कारोवार रकम १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार आठ सय ८७ रुपैयाँ पुग्न सफल भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा वाणिज्य बैंक, विकास बैंंक, जलबिद्युत, फाईनान्स, उत्पादनमुलक र सामुहिक लगानी कोष सहितका छ वटा समुहको सुचक बढेकाछन् भने निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य र लगानी सहितका सात वटा समुहको सुचक भने घटेकाछन् ।
कारोवार भएका कुल कम्पनीहरु मध्ये आज अपी पावर लिमिटेड, ज्योति विकास बैंक, नेपाल फाईनान्स आदिको शेयर मुल्य बढेकाछन् भने एनआईसी एशिया बैंकको ऋणपत्र, इन्फिनिटी लघुवित्त वित्तीय संस्था, बोर्टलस नेपाल तराई लिमिटेड आदिको शेयर मुल्य घटेकाछन् । यसैगरी बढी कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर लिमिटेड, न्यादी ग्रुप पावर लिमिटेड, अरुण भ्याली हाईड्रो पावर कम्पनी आदि परेकाछन् ।